Monday, October 26, 2020

आयुर्वेदिक औषधिमा आकर्षण बढ्दो

Must read

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

रामपुर नगरपालिका–५ मटेरी बस्ने हरिकला रेग्मीले मेडिकलका औषधिमा धेरै रकम खर्च गर्नुभयो । उहाँलाई लामो समयदेखि ग्याष्ट्रिक, पेट दुख्ने, खाना खान पटक्कै मन नलाग्ने समस्याले पिरोलेको थियो ।

यी समस्याका लागि पटक पटक निजी मेडिकल, अस्पतालमा धाउनुभयो, धेरै रकम खर्चिनुभयो, तर बेथा पीडा भने निको होलाभन्दा उस्तै रह्यो । “सञ्चो होला भनेर मेडिकलमा गएर औषधि ल्याएर खान थालेको झन बेथा बल्झिन थाल्यो”, उहाँले भन्नुभयो । छ महीना अघिदेखि उहाँले आयुर्वेदिक औषधि नियमित रुपमा सेवन गर्दै आउनुभएको छ ।

“आयुर्वेदिक औषधालयमा गएर स्वास्थ्यकर्मीसँग जाँच गराएर नियमित औषधि खाएपछि बेथा ठीक हुँदै गएको छ, मेडिकलको औषधि प्रयोग गर्न छाडे”, रेग्मीले भन्नुभयो । उहाँले अहिले बेला बेलामा आयुर्वेदिक औषधालय गएर स्वास्थ्य जाँच, औषधि खाने गर्नुहुन्छ । देवका ढकाल पनि पेट दुख्ने समस्याले धेरै ठाउँमा उपचार गराउन पुग्नुभयो । मेडिकलको औषधि सेवनले निको होलाभन्दा झन बेथा बढ्दै जान थालेपछि उहाँ पनि आयुर्वेदिक औषधालय अहिले धाउन थाल्नुभएको छ ।

“आयुर्वेदिक औषधि खाएर शरीरलाई ठीक पनि भएको छ, अहिले त तन्दरुस्त छु, पेट दुख्ने समस्या पनि कम हुँदै गएको छ, औषधोपचार सेवा सबै निःशुल्क पाइने रहेछ”, उहाँले भन्नुभयो । अहिले पाल्पाको रामपुर आयुर्वेदिक औषधालयमा सेवा लिनेको चाप बढ्दो छ । पेट, ग्याष्ट्रिक, खाना मन नलाग्ने, गानोगोलाजस्ता समस्या लिएर बिरामी अस्पतालमा जाने गरेको पाइएको छ ।

रामपुर औषाधालयमा दैनिक २५ देखि ३५ सम्म बिरामीले सेवा लिँदै आइरहेको वरिष्ठ कविराज चेमनप्रकाश पोखरेलले बताउनुभयो । उहाँका अनुसार एक महीनामा ३५० को हाराहारीमा बिरामीले सेवा लिएका छन् । नेपाल सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यस औषधालयबाट २३ प्रकारका औषधि पाइन्छ ।

सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् । यस औषधालयमा सेवा लिनेमध्ये बढी महिला छन् । विभिन्न जडीबुटीबाट उत्पादित औषधि भएकाले पनि हिजोआज आयुर्वेदिक औषधि प्रयोगकर्ता बढ्दै गएका हुन् ।

पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधवप्रसाद बस्यालले तानसेनमा रहेको कार्यालय र विभिन्न क्लिनिकबाट जिल्लभरमा चालू आर्थिक वर्षमा ३३ हजार ६२३ ले आयुर्वेदिक सेवा लिएको जानकारी दिनुभयो । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजितलगायतका विभिन्न वनस्पति वस्तु मिसाएर बनाइएको औषधि स्वास्थ्यका लागि हित मानिन्छ । रासस 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

Ayurveda Diet – How To Eat For Your Dosha?

What is a Ayurveda Diet? According to Ayurveda, everything in the universe is classified into five elements: space,earth, water, air, and fire.These...