Monday, October 26, 2020

आयुर्वेद : वैज्ञानिक तथ्यसहित जनतासम्म

Must read

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...


डा. प्रेरक रेग्मी

गाउँमा जानुहोस् वा शहरमा, विद्यालय नै नदेखेका आमाबुबासँग भलाकुसारी गर्नुहोस् वा शिक्षित परिवारसँग साक्षात्कार, प्राचीन ज्ञानको झल्को दिने स्वास्थ्य ज्ञान नहुने समुदाय नेपालमा शायदै भेट्नुहुने छैन। विशेषतः मौखिक र प्रयोगात्मक एवम् सामान्य दस्तावेजीकरणको माध्यमबाट यी ज्ञान शताव्दीदेखि एक पुस्ताबाट अर्को पुस्ता हस्तान्तरण हुँद आइरहेको छ। यही ज्ञान एकातिर समाजका लागि मौलिक सम्पत्ति जस्तो छ भने अर्कोतर्फ आवश्यक अध्ययन एवम् रूपान्तरणको अभावमा क्रमशः पतन हुने क्रममा छ। परम्परामा आधारित चिकित्सा ज्ञानको वैज्ञानिक अध्ययनको कार्यभार पाएको आयुर्वेद चिकित्सा प्रणाली आफँै अस्तित्वको संकटबाट गुज्रिरहेको छ।

सन् २००० पश्चात् विश्वव्यापीरूपमा नयाँ प्रबल औषधिको संख्या कम रहेको भन्दै एपडिएलगायत औषधिसम्बन्धी अनेकौँ निकायलेै अनुसन्धानका विभिन्न ढाँचा प्रस्तुत गरे। रोगको उपचारार्थ नयाँ नयाँ औषधिको खोजी अतिआवश्यक रहेको समयानुसार अनुसन्धान ढाँचा परिर्माजन गर्दै सरल र सहज बनाउने प्रयास भयो।  हाल प्रचलित अनुसन्धानका विभिन्न पद्धतिमध्ये आरसिटीविधि औषधि आविष्कार एवम् अनुसन्धानमा उत्तम मानक मानिन्छ। यस सँगसँगै प्राचीन मूल्य÷मान्यताका साथ अनेकौँ चिकित्सा पद्धतिलाई स्वास्थ्यको मूल आधारमा ल्याउन विश्व स्वास्थ्य संगठनबाट आह्वान गरियो। आयुर्वेद क्षेत्रमा आवश्यक गुणस्तर नियन्त्रण, अनुसन्धानसम्बन्धी निर्देशिकालगायत नीति तथा नियम निर्माण तथा कार्यान्वयन हुन थाले। अर्थात, आयुर्वेद चिकित्सा पद्धति पनि शैक्षिक एवम् अनुसन्धानात्मक चरणमा प्रवेश ग¥यो। क्लिनिकल अनुसन्धानका लागि रिभर्स फार्माकोलोजी, ब्ल्याक वक्स मोडेललगायतका अनुसन्धान विधि आउन थाले। यस्ता विधिलाई वैज्ञानिकता दिनका लागि ‘औषधिको सुरक्षाका पक्षहरू’ एवं ‘प्रतिकूल प्रभाव निगरानी’ जस्ता संवेदशील विषयमा नीति निर्माण हुन थाल्यो। यसरी विश्वव्यापीरूपमा आयुर्वेद जस्तै अन्य चिकित्सकीय पद्धतिहरूमा आशा र विश्वास बढ्दै गयो। अन्तर्राष्ट्रिय अनुसन्धान जर्नलहरूले केही वर्षदेखि यस विधासम्बन्धी अनुसन्धानपत्रहरू प्राथमिकताका साथ प्रकाशन गर्न थालेका छन्।
विश्व स्वास्थ्य संगठनले पुस्तौँदेखि चलिआएका चिकित्सकीय ज्ञानलाई अनुसन्धानको अभावमा पनि मान्यता दिने विशेष नियम राखेको छ तर पनि विकसित देशले समेत प्राचीन बहुमूल्य खोज, नवीन विधि र प्रयोगमा चासो देखाएका छन्।
विभिन्न अनुसन्धानपत्रमा छापिएका कार्य बौद्धिक वर्गले प्रस्टसँग बुझ्ने र अनुकरण हुनेमा दुई मत छैन। बौद्धिक वर्गका लेख रचना समाजमा जनचेतना ल्याउन महŒवपूर्ण छ। आममानिस स्वास्थ्य सरसल्लाह समाजका प्रतिष्ठित, बौद्धिकलगायतका व्यक्तित्वबाट लिन र अनुशरण गर्न रुचाउँछन्। जनतासम्म प्रत्यक्षरूपमा चिकित्सासम्बन्धी सूचना सम्प्रेषण हुनु राम्रौ कुरा हो तर पनि उक्त सूचनामा तथ्यको उपयोगिता, वैज्ञानिक आधार र विश्वसनीयता सधँै संकटमा देखिन्छ। अहिले नेपाली स्वास्थ्य क्षेत्रमा देखिएको आरोप÷प्रत्यारोप, विधा–विधाबीच समन्वयन भन्दा पनि खिचातानी, यी यस्तै कुराबाट प्रभावित भएका छन्। पक्कै पनि आयुर्वेदको चिकित्सकीय सिद्धान्तलाई आधुनिक अनुसन्धान विधिको ढाँचाबाट पुष्टि गर्न चुनौतीपूर्ण छ। विश्व स्वास्थ्य संगठनले पुस्तौँदेखि चलिआएका चिकित्सकीय ज्ञानलाई अनुसन्धानको अभावमा पनि मान्यता दिने विशेष नियम राखेको छ तर पनि विश्वव्यापी मान्यताका लागि, विश्वका विकसित देशले समेत प्राचीन बहुमूल्य खोज, नवीन विधि र प्रयोगमा चासो देखाएका छन्। उनीहरूको इच्छा समाजमा रहेका पराम्परागत चिकित्सकीय ज्ञान, मौलिक संस्कृतिक महŒवका  अभिव्यक्तिमा बृहत् अनुसन्धान गर्नु रहेको छ।
जनतासम्म पुग्ने आधारहरू विभिन्न स्वास्थ्य निकायले सम्प्रेषण गरेका सूचनामूलक अभिव्यक्ति, पर्चा, कागजपत्र, स्थानीयरूपमा स्वास्थ्य जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर आदि हुन्। आयुर्वेद विभागका अनेकौँ कार्यक्रममध्ये, स्तनपायी आमालाई शतावरी वितरण कार्यक्रमको उदाहरण लिँदा, यसको प्रयोगकर्ताको संख्या घट्दो क्रममा रहेको विवरणले देखाएको छ। अहिलेको समयमा जनतामाझ स्वास्थ्यसम्बन्धी सुविधाका अनेकौँ विकल्प छन्। उनीहरू जुन चिकित्सा प्रणालीसँग विश्वस्त हुन्छन् त्यही चिकित्सा प्रणाली अपनाउँछन्। उनीहरूलाई रोग र औषधिको विषयमा अध्ययन÷अनुसन्धानबाट आएको ज्ञान विश्वासिलो लाग्ने गर्छ। उक्त चिकित्सा प्रणालीप्रति विश्वास बढ्ने गर्छ। शतावरी  जडीबुटी) विषयमा कुरा गर्दा यसको विविध अध्ययन÷अनुसन्धान नेपालमै गरिए तापनि त्यो विषयको जानकारी अहिलेसम्म चिकित्सक, स्वास्थ्यकर्मीसम्म पनि पुग्न नसक्नु दुर्भाग्यपूर्ण हो।
पछिल्लो दुई दशकमा नेपालमा स्वतन्त्र प्रेस सँगसँगै जनचेतना बढावा दिन सञ्चारमाध्यमहरूको निकै ठूलो भूमिका देखिन्छ। तर व्यापारिक उद्देश्यले मात्र अभिप्रेरित भएर अनावश्यक तामझामका साथ बढाइचढाइ गरिने विज्ञापनले जनताको क्षणिक विश्वास बढे पनि त्यसले पार्ने दीर्घायु असर धेरै छन्। यो एक विकृतिका रूपमा मौलाएको छ। यस्तो अवस्थामा  स्वास्थ्य सूचना नियमन निकायहरू शान्त रहेका अवस्था छ। नीतिगतरूपमा मेजिक रेमेडी जादु उपचार) सम्बन्धी ऐन सशक्त नबन्नु समस्यायुक्त हो। उदाहरणका लागि नेपाली समाचार माध्यम एवं एफएममा बिरामीलाई लोभ्याउनेरूपमा चिकित्साबारे अनेकौँ रोग ‘सतप्रतिशत निको हुने’सन्देशका साथ विज्ञापन सम्प्रेषण गरिएको पाइन्छ।
विज्ञापनकै आधारमा आमनागरीक आकर्षित भएका हुन त? सम्भाव्यता प्रवल छ। जसकै फलस्वरूप प्रचार र विज्ञापन गर्ने निजी क्लिनिकहरूमा बिरामीको चाप धेरै भएको देखिन्छ भने विज्ञापन नगर्ने विशेषज्ञसहितको आयुर्वेद चिकित्सालय एवं शिक्षण अस्पतालहरूमा बिरामीकोे संख्या कम छ। सेवासम्बन्धी अरु कारण पनि होलान्। विज्ञापनकै आधारमा जनताले पत्याउने र वैज्ञानिक तथ्यलाई अवमूल्यन गर्ने मानसिकता क्षेत्रगत हितकर हुँदैन। प्रचार जे÷जसरी गरिएतापनि देशको नियामक निकायहरू कमजोर हुनु र  अनुसन्धान निकायले तथ्य पेश गर्न नसक्नु प्रमुख समस्या हो। विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ताले आयुर्वेद औषधिमा रासायनिक तŒवहरू, जस्तै– स्टारोइड एवं रसौषधियुक्त  हेभी मेटल) हरू अत्याधिक मात्रामा पाइएको भनेर उल्लेख गर्दै आएका छन्। यसले बिरामीमा त्रास एवं भ्रम पैदा गरको पाइएको छ।यस्ता विषयमा आयुर्वेद संस्थाहरूबाट थप छलफल, अनुगमन एवं अनुसन्धानका अभिव्यक्ति नआउनु आश्चर्यपूर्ण छ।
अबको बाटो
जनताको सूचनार्थ बनाइएका विभिन्न सामग्रीमा देखिएका विषय महत्वपूर्ण हुन्छन्। आधुनिक चिकित्सामा विश्व स्वास्थ्य संगठन, नेसनल इन्स्टिच्युट अफ हेल्थलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका अनुसन्धानका आधारमा चिकित्सासम्बन्धी मापदण्ड तयार गरिन्छ। त्यसको अनुरूप सामग्रीहरू विभिन्न भाषा, विभिन्न देशका जनतासम्म पु¥याइन्छ। युनिट फोर इभिडेन्स डिस्सेमिनेसनअमेरिकामा सक्रिय भएजस्तै भारतमा आयुर्वेदको क्षेत्रमा वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् एवंआयुर्वेद विज्ञान अनुसन्धान परिषद्ले विशेष भूमिका खेलेका छन्। यसरी उपलब्ध गराइएको जानकारीमा विश्वसनीयता बढी हुन्छ। यी संस्थाको उद्देश्य मिल्दोजुल्दो नेपालमा पनि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द« छ। यस संस्थाको स्थापनाकालको उद्देश्य आयुर्वेद क्षेत्रमा अनुसन्धान गरी ती निष्कर्षलाई समाज एवंं नागरिकको समृद्धिका लागि तालिमद्वारा  उपयोगीमूलकरूपमा हस्तान्तरण गर्ने हो। यस कारणले पनि यो संस्थाको नागरिकसम्म तथ्यपरक सूचना प्रदान गर्र्ने विशेष जिम्मेवारी छ।
वैधानिकरूपमा विभिन्न संस्था समन्वय गर्दै एकले अर्कोलाईतथ्यांक आदान–प्रदान गर्ने पद्धतिनै ‘डाटा सेयरिङसिस्टम’ हो। यसमा एक संस्थाले आफ्नो गुणस्तर वृद्धि गर्न अर्कोसंस्थाबाट उपलब्ध जानकारीहरू आदान–प्रदान गरी जनताका माझ पु¥याउने जानकारीमा एकरूपता दिन्छ। साथसाथै बजारमा फिँजाइएका  हल्ला एवं प्रचारप्रसारलाई नागरिकले बुझ्न पाउँछ। स्वास्थ्य क्षेत्रमा खोज र लेख लेख्ने ज्ञातामा आधिकारिक तथ्यांक उपलब्ध हुनेछ। प्रसंगमा, विभागलगायत जनचेतनामूलक कार्यक्रम गर्ने निकायले वितरण गर्दै आएको जानकारीमूलक पत्रहरूमा अनुुसन्धान केन्द«का उपलब्धिहरू समावेश गर्ने, विविध ‘सिस्टमेटिक रिभ्यु’हरू समावेश गर्ने र सम्भव भएसम्म एकरूपता ल्याउनु उचित हुन्छ। यसका लागि यी विषयमा संस्थाबीच समय–समयमा ‘परामर्श बैठक’, संस्थाहरूको उद्देश्यअनुरूप कार्ययोजनाहरूको कार्यविभाजन महŒवपूर्ण हुन्छ। प्रमाणमा आधारित चिकित्सा ढाँचा मूल्यांकन गर्न तथ्यांक नै महŒवपूर्ण हुन्छ। नेपालमा छरिएर रहेका, सरकारी निजी क्षेत्रका तथ्यांकहरू व्यवस्थितरूपमा संकलन, मूल्यांकन एवं संप्रेषण गर्दा नै यो क्षेत्रको उत्थान हुन्छ।
- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

Ayurveda Diet – How To Eat For Your Dosha?

What is a Ayurveda Diet? According to Ayurveda, everything in the universe is classified into five elements: space,earth, water, air, and fire.These...