Tuesday, October 20, 2020

कोरोनाभाइरसः खानपिनका लागि डब्ल्यूएचओले सुझाएका यी पाँच टिप्स

Must read

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

कोभिड–१९ को यो महामारीमा थुप्रै कुराहरु परिवर्तन भइरहेका छन् । कामकाज, सर–सफाईदेखि खानपिनको तौर तरिका, त्यहि परिवर्तित कुरामा समावेश छन् ।

मानिसहरुको प्राथमिकतामा स्वास्थ्य र विशेषगरी खान–पिन र स्वच्छताको मुद्दा अचानक निकै माथि पुगेको छ ।

तर यसो भनिराख्दा पहिले मानिसहरुको प्राथमिकतामा सर–सफाई पर्दैनथ्यो भन्न खोजिएको होइन । तर खानपिन र स्वच्छता हाम्रो जीवनको त्यो कुरा थियो जसमा आफूलाई मनपर्ने नपर्ने कुरालाई बढी प्राथमिकता दिइन्थ्यो ।

आजकाल मानिसहरु कोभिड–१९, खानपिनका वस्तुबाट पनि फैलने हो कि भन्ने विषयमा चिन्तित छन् ।

विश्व स्वास्थ्य संगठनले सुरक्षित खानपिनको विषयमा पाँच महत्वपूर्ण टिप्स साझा गरेको छ ।

सधैं सफा रहनुहोस्ः

– खाना बनाउनु अघि र खाना बनाउने बेला हात धोइरहनुहोस्

– प्रत्येक पटक शौचालय गएपछि हात धुनुहोस्

– खाना बनाउने स्थान, चुल्हो र भाँडाकुँडा राम्रोसँग धुनुहोस् र त्यसलाई स्यानिटाइज गर्नुहोस्

– भान्साघरलाई किरा फट्याङ्ग्रा र अन्य जनावरको पहुँचबाट सुरक्षित राख्नुहोस् ।

यो किन आवश्यक ?

धेरैजसो सुक्ष्म जीवले खासै रोग फैलाउँदैनन् तर माटो, पानी, जनावर र मानिसमा व्यापक रुपमा खतरनाक जीव पाइन्छ ।

यी सूक्ष्म जीव हाम्रो हात, सर–सफाई गर्ने कपडा, भाँडाकुँडा, कटिङ बोर्ड (तरकारी काट्न प्रयोग हुने बोर्ड) मा पाइन्छ ।

यदि खानपिनका चीजमा यसको अलिकति पनि सम्पर्क भए यसले रोग लाग्ने खतरा निम्त्याउँछ ।

काँचो खानालाई पाकेको खानाबाट टाढा राख्नुहोस्

– पोल्ट्री उत्पादन, काँचो मासु, सीफूड (समुद्रमा पाइने जीव–जन्तुको माछा) लाई खानपिनका अन्य वस्तुबाट अलग राख्नुहोस् ।

– काँचो खानेकुरा समात्ने बेला भिन्न भाँडा, चक्कु र कटिङ बोर्डको प्रयोग गर्नुहोस्

– पाकेको खाना र काँचो खानाबीच कुनै पनि प्रकारको सम्पर्क नहोस् भनेर खानपिनका वस्तुलाई कन्टेनरमा राख्नुहोस्

यो किन आवश्यक ?

काँचो खाना विशेषगरी मासु, पोल्ट्री उत्पादन र सीफूडमा यस्ता खतरनाक सूक्ष्म जीव हुनसक्छन् जुन पकाउने क्रममा खानपिनका अन्य वस्तुलाई संक्रमित गर्न सक्छन् ।

खानालाई राम्रोसँग पकाउनुहोस्

– विशेषगरी काँचो मासु, पोल्ट्री उत्पादन, अण्डा र सीफूडलाई राम्रोसँग पकाएर खानुहोस्

 – पाकेको खानालाई राम्रोसँग पुनः तताएर खानुहोस्

यो किन आवश्यक ?

यदि खाना राम्रोसँग पकाउने हो भने सूक्ष्मजीव पूर्ण रुपमा नष्ट हुन्छन् ।

अनुसन्धानका अनुसार ७० डिग्री सेल्सियस तापक्रममा खाना पकाउँदा खाना खान लायक हुन्छ ।

किमा पकाउँदा विशेष ध्यान दिन आवश्यक छ ।

सुरक्षित तापक्रममा खानालाई सुरक्षित राख्नुहोस्

– पाकेको खानालाई कोठाको तापक्रममा दुई घण्टाभन्दा बढी समयका लागि नराख्नुहोस्

– तयार खाना विशेषगरी चाँडै बिग्रने खानालाई पाँच डिग्री सेल्सियसभन्दा  कम तापक्रममा फ्रिजमा राख्नुहोस् ।

– खाना पस्कनुअघि त्यसलाई ठूलो आँच (६० डिग्री सेल्सियस तापक्रमभन्दा बढी) मा तताउनुहोस्

– फ्रिजमा पनि खानालाई धेरै समयका लागि नराख्नुहोस्

–फ्रोजन फूड अर्थात् जमेका खानेकुरालाई कोठाको तापक्रममा पग्लन नछोड्नुहोस्

यो किन आवश्यक ?

पाकेको खानालाई कोठाको सामान्य तापक्रममा राख्दा सूक्ष्मजीव तीब्र रुपमा विकसित हुनसक्छ ।

– पाँच डिग्रीभन्दा कम र ६० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा सूक्ष्म जीवको विकास या त रोकिन्छ या सुस्त हुन्छ ।

यद्यपि, केही यस्ता खतरनाक सूक्ष्मजीव पनि हुन्छन् जुन पाँच डिग्रीभन्दा कम तापक्रममा पनि विकसित भइरहन्छन् ।

सफा पानी र स्वच्छ भोजन सामग्री

– स्वच्छ पानीको प्रयोग गर्नुहोस् र यदि यो उपलब्ध छैन भने यसलाई सुरक्षित प्रयोगका लागि लायक बनाउनुहोस्

– ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गर्नुहोस्

– यस्तो भोजनको छनोट गर्नुहोस् जसलाई सुरक्षित प्रोसेसिङ गरिएको होस् जस्तै पाश्चुराइज्ड दुध

– फल र सागसब्जीलाई पक्कै पनि धुनुहोस् विशेषगरी जब तपाईं त्यसलाई काँचै खाइरहनुभएको छ ।

– मिति नाघिसकेका खानपिनका वस्तुलाई कहिले पनि प्रयोग गर्नुहोस्

यो किन आवश्यक ?

पानी र बरफलगायतका वस्तुमा सूक्ष्म जीव वा केही नोक्सानी पुर्याउने तत्व हुनसक्छन् । बिग्रिएको र बासी खानामा विषालु रसायन पैदा हुने खतरा रहन्छ ।

खाद्य सामग्री छनोट गर्नेबेला सावधानी अपनाउन आवश्यक छ । त्यस्ता वस्तुलाई धुने, ताछ्नेजस्ता सामान्य उपायमार्फत् खतरा कम गर्न सकिन्छ ।

स्रोतः बीबीसी

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

Ayurveda Diet – How To Eat For Your Dosha?

What is a Ayurveda Diet? According to Ayurveda, everything in the universe is classified into five elements: space,earth, water, air, and fire.These...