Wednesday, October 28, 2020

कोरोना अपडेट : कुन प्रदेशमा कति संक्रमित, आइसोलेसन र क्वारेन्टाइनमा?

Must read

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

प्रदेश २ मा सबैभन्दा धेरै र बागमतीमा सबैभन्दा कम संक्रमित

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ। आइतबार साँझसम्मको तथ्यांक अनुसार प्रदेश २ मा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा १ हजार १ सय ६१ संक्रमित भेटिएको हो।  

प्रदेश २ मा हाल ९ सय ७४ जना अस्पतालको आइसोलेसनमा छन् भने १ सय ८६ जना उपचारपछि डिस्जार्च भएका छन्। प्रदेश २ मा मृतकको संख्या एक छ। २२ हजार २ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रदेश २ पछि सबैभन्दा धेरै संक्रमित भेटिएको प्रदेशको सूचीमा प्रदेश ५ छ। त्यहाँ १ हजार ८१ संक्रमित छन् भने ९ सय ४४ जना आइसोलेसनमा छन्। उपचारपछि १ सय ३३ जना डिस्चार्ज भएका छन्। चार जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार कोरोना कारण सबैभन्दा धेरै मृत्यु भएको प्रदेश ५ मा हो। हाल त्यहाँ ३९ हजार ८ सय ९७ जना क्वारेन्टाइनमा छन्। 

मन्त्रालयको तेस्रो सूचीमा कर्णाली प्रदेश छ। त्यहाँ ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ सय २१ जना आइसोलेसनमा र ९ जना डिस्जार्च भएका छन्। तीन जनाको मृत्यु भएको छ। ३२ हजार ८२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा २ सय ५९ जना संक्रमित छन्। जसमध्ये ९१ जना उपचारपछि डिस्चार्ज भएका छन्। १ सय ६८ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोना कारण हालसम्म प्रदेश १ मा कसैको मृत्यु भएको छैन। हाल त्यहाँ ४ हजार ३ सय ८८ जना क्वारेन्टाइनमा छन्। 

गण्डकी र सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या समान छ। त्यहाँ हालसम्म समान १ सय ११ जना संक्रमित भेटिएका छन्। तर गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण देखिएका कसैको मृत्यु भएको छैन। यद्यपि सुदूरपश्चिममा भने २ जनाको मृत्यु भइसकेको छ। 

गण्डकीमा हाल १ सय ८ जना आइसोलेसनमा छन् भने डिस्जार्च हुनेको संख्या तीन छ। ५ हजार ३ सय ६३ जना क्वारेन्टाइनमा छन्। सुदूरपश्चिम प्रदेशमा ९६ जना आइसोलेसनमा, १३ डिस्जार्च र ६३ हजार ५ सय ७५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनमा रहेको संख्या सुदूरपश्चिममा धेरै छ। 

सबैभन्दा कम संक्रमित ९२ जना बागमती प्रदेशमा भेटिएको छ। जसमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ भने ३२ जना उपचारपछि डिस्जार्च भएका छन्। ५७ जना संक्रमित आइसोलेसनमा उपचाररत छन्। क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या पनि बागमतीमा सबैभन्दा कम ३ हजार १ सय ९५ रहेको मन्त्रालयको तथ्यांक छ। 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

Ayurveda Diet – How To Eat For Your Dosha?

What is a Ayurveda Diet? According to Ayurveda, everything in the universe is classified into five elements: space,earth, water, air, and fire.These...