Monday, October 26, 2020

कोरोना भाइरस नेपाल: थप ३३४ जनामा कोभिड-१९ पुष्टि , पाल्पामा मृत्यु भएका एक जनामा पनि सङ्क्रमण देखियो

Must read

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

नेपालमा थप ३३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यससँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २,६३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये २९० जना निको भइसकेका छन्।

यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो।

कोभिड-१९ भएका थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन्।

मृतक भारतबाट पाल्पा फर्किएका व्यक्ति हुन्।

भारतबाट फर्किएर क्वारन्टीनमा बस्दा स्वास्थ्य बिग्रिएपछि उनलाई पाल्पास्थित मिशन अस्पतालमा भर्ना गरिएको थियो। उनको जेठ २० गते मृत्यु भएको र अहिले नमुना परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण देखिएको डा. देवकोटाले बताए।

यससँगै नेपालमा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण भएका १० जनाको मृत्यु भएको पुष्टि भएको छ।

कोरोनाभाइरस

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३,८६७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।coronavirus testBBCनेपालमा कोरोनाभाइरस सङ्क्रमण

जेठ २२, बिहीवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • २,६३४कुल सङ्क्रमण
  • ६५प्रभावित जिल्ला
  • पीसीआर विधिबाट कुल परीक्षण ८४,१३४
  • चिकित्सकीय निगरानीमा अलग्गै२,३३५
  • देशभरि क्वारन्टीनमा१,६१,२६२
  • अहिलेसम्म मृत्यु र निको१०/२९०

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

बुधवार २४ घण्टाभित्र २०१ जनामा सङ्क्रमण पुष्टि भएपछि उक्त सङ्ख्या २,३०० पुगेको थियो।

अहिले देशभरि क्वारन्टीनमा १,६१,००० जनभन्दा बढी व्यक्ति छन्।

तीमध्ये कर्णाली प्रदेशमा हुनेको सङ्ख्या ५८,२४१ भएको मन्त्रालयले जनाएको छ।

नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण

१० दिनमा यसरी बढ्यो सङ्क्रमण पुष्टि हुने क्रमस्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अहिले सबै प्रदेश र ७७ मध्ये ६५ जिल्लामा कोभिड-१९ पुगिसकेको छ।

तीमध्ये प्रदेश नं २ र ५ सर्वाधिक प्रभावित भएको देखिएको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको मन्त्रालयको भनाइ छ।

केही सातादेखि सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्ति क्वारन्टीनमा थिए।

को हुन् सङ्क्रमित?

मन्त्रालयले बिहीवार पुष्टि गरेका सङ्क्रमित विभिन्न जिल्लाका हुन्।

तीमध्ये केही बालबालिका पनि छन्। तर अधिकांश व्यक्ति पुरुष र युवा हुन्।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका १०६ जनामध्ये १०५ जना दैलेख जिल्लाका र एक जना मुगुका छन्।

त्यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका अन्य आठ जनामा पनि कोभिड-१९ पुष्टि भएको छ।

त्यसैगरी कोभिड-१९ पुष्टि हुनेमा रौतहटका ६४, बाँकेका ४२, कपिलवस्तु २९, दाङका १५, सप्तरीका १३, बाराका १२ र बागलुङका १० जना छन्।

अन्य सङ्क्रमित झापा, मोरङ, ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, म्याग्दी, पर्वत, स्याङ्जा र डोटी जिल्लाका हुन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

Ayurveda Diet – How To Eat For Your Dosha?

What is a Ayurveda Diet? According to Ayurveda, everything in the universe is classified into five elements: space,earth, water, air, and fire.These...