Monday, October 26, 2020

दशैं खानपानबारे आयुर्वेद के भन्छ ?

Must read

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

डा.प्रशान्त बस्नेत 

दशैंमा नेपालीको भान्छामा मासु अत्यधिक रूपमा पाक्ने गर्छ । यसैगरी चिल्ला मिठाई र रोटी, पीरो र अमिलो अचार धेरै खाने गरिन्छ । मदिराको त खोलो नै बग्छ । खसीको कबाब बनाएर एक दिन हैन, तीनचार दिनसम्म राखेर खाने हाम्रो चलन छ । तर के यसो गर्नु स्वास्थ्यवर्धक हो त ? पक्कै हैन । 
दशैंको बेला दुईचार दिन जिब्रोका स्वादका लागि खाइने यस्ता परिकारले अन्ततः महिनौं दिनसम्म हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ । यसो भन्दैमा यी परिकारको मजा लिनै हुँदैन भन्ने पनि हैन । 
यस्ता चाडपर्वका बेला खानपिनमा रमाउँदा के के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे हाम्रो प्राचीन चिकित्साविज्ञान आयुर्वेदले धेरै कुरा प्रकाश पारेको छ । धन्वन्तरी, चरक, सुश्रुत, अश्विनीकुमारजस्ता ती प्राचीन ऋषिहरूले हजारौं वर्षपहिले नै हामीलाई भोजनकला सिकाएर गएका छन् ।
आउनुस्, दशैंको खानपिनमा रमाउँदै गर्दा हामी आयुर्वेदको त्यो पक्षको चर्चा गरौं जसले हामीलाई ठीकठीक ढंगले ठीकठीक चीज खान सिकाउँछ । 
पथ्यापथ्यको महत्त्व
‘पथ्य’ भन्नाले संस्कृतमा पथको लागि हितकारी भन्ने बुझिन्छ भने अपथ्य त्यसको विपरीत । पथ भनेको शरीरमा विभिन्न तत्त्वहरूको आवागमनका लागि स्रोत वा अवकाशयुक्त बाटोहरू हुन् । पथ्य आहारविहारले शरीर र मन दुवैलाई सुखी र सन्तुष्ट बनाउँछ ।
सामान्य भाषामा भन्नुपर्दा रगत बग्ने शिरा, धमनीदेखि लिएर श्वास बग्ने श्वासनली र अन्न बग्ने अन्ननलीसम्म सबै पथ वा स्रोत हुन् । हरेक बिरामीले मात्र नभई स्वस्थ व्यक्तिले पनि उसको शारीरिक तथा मानसिक अवस्था, प्रकृति (व्यक्तिको मौलिक गुण), देश (भौगोलिक अवस्था), काल (हिउँद र बर्खायाम), वय, अग्नि (व्यक्तिको पचाउने क्षमता), सात्म्य (मन पर्ने, नपर्ने) आदि विचार गरी खान/ गर्न हुने (पथ्य) र खान÷गर्न नहुने (अपथ्य) पक्षलाई राम्रोसँग बुझ्नु आवश्यक छ । 
आयुर्वेदमा पथ्यापथ्यको निकै महत्त्व छ । आयुर्वेद पद्धतिअनुसार रोग उत्पन्न हुनुमा एउटा मुख्य भूमिका अपथ्य आहार/विहारको हुने गर्दछ । उदाहरणका लागि, चिल्लोको मात्रा रगतमा बढी भएका बिरामीहरूका लागि रातो मासु तथा बोसो भएको मासु खानु अपथ्य हो किनभने यसो गर्दा तुरुन्त रोगीको रक्तमा टीजी, एलडीएलको मात्रा बढाइदिन्छ र यसले दीर्घकालीन रूपमा रक्तनलीमा र त्यसमा पनि विशेषगरी मुटुको कोरोनरी आर्टरीमा चिल्लोको मात्रा (प्लेक) जम्न जान्छ । त्यसबाट मायोकाडिर्यल इन्फार्कसन (हृदयघात)को सम्भावना रहन्छ ।
हिमाली भेगमा बसोवास गर्नेका लागि चिसो वातावरणलाई छल्न उष्ण, गुरु खानपान र न्यानो कपडा लगाउनु पथ्य हुन्छ्र । तराईमा भने उष्ण मौसमबाट बच्न पातलो कपडा, चिसो पानी र शीतल गराउने खानपान पथ्य हुन्छ्र । त्यस्तै कब्जियत हुनेका लागि सागसब्जी, गहुँ खानु पथ्य हुन्छ भने मासु, गेडागुडी बढी खानु अपथ्य हुन्छ । 
मासुको मात्रा 
अहिलेको अस्तव्यस्त समाजमा उचित रूपमा व्यायाम, आराम र खानाको अनुपात नमिल्दा कैयौं नसर्ने रोगहरू जस्तै सुगर, उच्च रक्तचाप, युरिक एसिडलगायत उत्पन्न हुन्छन् । र दशैं नै यस्तो पर्व हो जहाँ हाम्रो खानाको सन्तुलन मिल्दैन । टीका लगाउन विभिन्न आफन्तकहाँ जाँदा केही न केही खानै दिन्छन् । नखाए आफन्तले चित्त दुःखाउलान् भनेर एक दुइ टुक्रा मासु खाइहालिन्छ । यो स्वाभाविक हो । 
तर हामीले बुझ्नुपर्छ, दशैं शरद ऋतुमा पर्छ र यस ऋतुमा पित्तको प्रकोप हुन्छ । अर्थात् शरीरको अग्नि क्षीण हुन्छ्र । यसकारण खानामा रुचि पनि कम नै हुने गर्दछ्र, तैपनि खाइरहनुपर्छ । हो, असन्तुलन यहीँनेर हुन जान्छ । शरद ऋतुलगत्तै हेमन्त ऋतुको आगमनसँगै हिउँद याम शुरू हुन्छ । शरद ऋतुको उत्तरार्धबाट नै केही अग्निबल र खानामा रुचिमा वृद्धि महसूस गर्न सकिन्छ । 
दशैंमा विशेष रूपमा मासुजन्य पदार्थको उपभोग गरिने भएकाले अग्निको ख्याल राख्नुपर्दछ्र । मासु पचाउन गाह्रो पर्छ्र । तसर्थ वयस्क व्यक्तिले मासुमा नियन्त्रण नै कायम गर्नुपर्छ । एक व्यक्तिले मासुको उपभोग दिनमा बढीमा १०० ग्राममा सीमित गर्नु वेश हुन्छ्र । बढी मासु खाँदा अग्निले काम गर्न सक्दैन । अपच भई समस्या हुन्छ्र । 
मसाला कस्तो ? 
मसला पनि खानपिनको मुख्य पक्ष हो । दालचिनी, जीरा, धनियाँ, लसुन, अदुवा, सुकुमेल प्रयोग गर्दा यसले शरीरको अग्नि बढाई भोक जगाउँछ र खाना पचाउँछ । यस्ता मसाला सकेसम्म बाहिरबाट किनेर ल्याउनुभन्दा घरमै तयार गर्नु उपयुक्त हुन्छ । बजारमा पाइने मसलाहरूमा अनेक मिसावट हुने भएकाले घरमै ओखलमा पिसेर तयार गरिने मसला उत्तम । हेक्का रहोस्, यहाँ उल्लेख गरिएका धेरै मसलाहरू औषधीय गुणले भरिएका हुन्छन् । 
झोलमा डुबेर मरिँदैन
नेपालीमा एउटा उखान छ, ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ । 
चोक्टा भन्नासाथ मासुको कुरा आउँछ । तर स्वास्थ्यका दृष्टिले हेर्दा यो उखान थोरै सच्याउनुपर्ने हुन्छ । चोक्टै चोक्टाले भरिएको र डीप फ्राइ गरिएको मासु भन्दा झोलिलो मासु सुपाच्य हुन्छ । अतः झोलमा डुबेर मरिँदैन ।  
मासुलाई पोलेर, तारेर, बार्बेक्यू गरेर र खासगरी बोसै बोसो हुने  गरी कबाब बनाएर खाने चलन छ । यस्तो मासुले कब्जियत मात्र गराउँदैन, रगतमा टीजी, एलडीएल बढी भएकालाई अपथ्य हुन्छ्र । बरू झोल बनाएर खाँदा बोसो पग्लिन्छ र चिल्लो खपत कम हुन्छ । तार्दा र पोल्दा प्रोटीनको झनै सुगठन हुन्छ, झोल मासु भने पचाउन पनि सहज हुन्छ । 
दशैंमा परिवारका सबैजना जम्मा भई तास इत्यादि खेल्ने गरिन्छ । यसरी जुवाको खालमा अहोरात्र बस्ने प्रवृत्ति पनि हामी पाउँछौं । यसले शरीर चलायमान हुन पाउँदैन र खाएको पनि राम्ररी पच्दैन । त्यसमाथि अनिद्रा । अतः जुवातासमा अलमलिनुभन्दा घुम्नु, टहलिनु , पिङ खेल्नु जाती । यसो गर्दा व्यायाम पनि हुन्छ र अग्नि बढेर पाचनमा पनि सहयोग पुग्छ । 
सधैं पालना गरौं 
पथ्यापथ्यको विषयमा ‘वैद्यजीवनम्’मा भनिएको पनि छ :
‘पथ्ये सति गदार्तस्य किमौषधनिषेवणैः ।
पथ्येऽसति गदार्तस्य किमौषधनिषेवणैः ।।’
अर्थात्, यदि पथ्यको पालना गरिएको छ भने औषधिको के खाँचो ? यदि पथ्यको पालना गरिएको छैन भने औषधिको प्रयोग गरेर पनि के नै हुन्छ र ?
आयुर्वेदले सन्तुलित आहारविहारलाई कति महत्त्व दिएको छ भन्ने यस श्लोकबाट स्पष्ट हुन्छ ।  आयुर्वेदको मुख्य ग्रन्थमध्ये चरकसंहितामा ऋतुचर्या (ऋतुअनुसार पालना गर्नुपर्ने नियम), दिनचर्या (बिहान निद्राबाट जागेपछि फेरि सुत्नुअघि दिनभर पालना गर्नुपर्ने नियम) जस्ता सूक्ष्म विषयमा व्याख्या गरिएको पाइन्छ ।
आयुर्वेदको उपयोगिता दशैं चाडमा मात्र छैन । यो जीवनविज्ञानको उपयोगिता सार्वभौम छ । सनातन विद्या भएकाले युग युगान्तरसम्म यसको महत्ता कायमै रहनेछ । यस विद्याको  शीघ्रातिशीघ्र उचित प्रयोग, संरक्षण र प्रवर्धनमै मानवताको हित देखिन्छ । 
- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

Ayurveda Diet – How To Eat For Your Dosha?

What is a Ayurveda Diet? According to Ayurveda, everything in the universe is classified into five elements: space,earth, water, air, and fire.These...