Monday, October 26, 2020

लामखुट्टेबाट सर्ने डेङ्गी र मलेरियामा पनि ध्यान दियौ

Must read

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

काठमाण्डौ – यतिवेला सबैको ध्यान कोरोना महामारीतर्फ केन्द्रित छ । तर अहिले अन्य रोगको जोखिम पनि रहेको भन्दै सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । विशेषगरी फोहोर र बासी खाना तथा लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरु देखा पर्न थालेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका फेमिली फिजिसियन डाक्टर विश्वराज दवाडीले बताउनुभयो ।  

जाडो सकिएर गर्मी सुरु भएलगत्तै विभिन्न रोगको जोखिम बढेको छ । विशेषगरी डेङ्गी, मलेरिया र झाडापखालाका बिरामी अस्पताल आउने क्रम सुरु भएको डाक्टर दवाडीले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणसँगै गर्मी मौसममा लाग्न सक्ने रोगतर्फ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो । विश्वभरि कोरोनाकै मात्र चर्चा भइरहेकोले अहिले अरु रोग ओझेलमा परेका छन् । त्यसैले देखा पर्न थालेका विभिन्न रोगबारे सचेत हुन उहाँको सुझाव छ । 

डेङ्गी 

डेङ्गी रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । खासगरी पानी जम्ने टीनका डब्बा, रङका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, फुलदानी, गमला र पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू धेरै हुने भएकाले यो लामखुट्टे सहरमा बढी पाइन्छ ।  एडिस नामक लामखुट्टेले विशेषगरी दिउँसोको समयमा टोक्ने गर्दछ ।

औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइन्छ । तर डेङ्गी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । डेङ्गी रोग लाग्दा एक्कासि उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी र पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, वाकवाकी लाग्ने र पेट दुख्नेलगायतका लक्षण देखा पर्छन् ।  

मलेरिया 

एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिया सर्छ । यो परजीविबाट मानिसमा सर्छ । मलेरियाको परजीवि मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भएर रगतको माध्यमबाट शरीरका विभिन्न भागमा फैलिन्छ । समयमै उपचार नभए ज्यानसमेत जान सक्छ । १० देखि १५ दिनसम्म ज्वरो आए, टाउको दुखे, वान्ता भए, जोर्नी दुखे, शरीरमा रगतको मात्रा कम भए र थकान महसुस भएमा मलेरिया भएको बुझ्नुपर्छ । 

झाडापखाला 

झाडापखाला सामान्यतया गर्मी मौसममा फैलिने रोग हो । दिनको तीन पटक वा त्योभन्दा धेरै पानीजस्तो पातलो दिसा लाग्नु झाडापखाला हो । हाम्रो नाङ्गो आँखाले देख्न नसकिने जीवाणुबाट खाना र पानी सङ्क्रमित हुन्छ ।  त्यो खाना र पानी फोहोर हातको माध्यमबाट मानिसमा सर्छ र झाडापखाला लाग्छ । धेरै समयसम्म यसको उपचार नगरे ज्यानसमेत जान सक्छ ।

पटकपटक पानीजस्तो पातलो दिसा हुनु, वाकवाकी लाग्नु, बान्ता हुनु, पेट गड्याङगुडुङ गर्नु र दुख्नु, हातखुट्टा र मांसपेशी दुख्नु, बाउँडिनु र गल्नु, तिर्खा बढी लाग्नु, रिङ्गटा लाग्नु, कमजोरी महसुस हुनु र मुख सुख्खा हुनु झाडा पखालाका लक्षण हुन् । 

जोखिम बढीमा बालबालिका, वृद्धवृद्धा 

यी रोगहरु जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने भएपनि बालबालिका र वृद्धवृद्धामा यसको बढी जोखिम हुने डाक्टर दवाडी बताउनुहुन्छ । यस्तै सुत्केरी महिला  र दीर्घ रोगीमा सामान्य मानिसभन्दा यी रोगको जोखिम बढी हुने गर्छ । त्यसैले यो मौसममा लामखुट्टेको टोकाइबाट हुने रोगहरुबाट बच्न खानपान र सरसफाइमा बढी ध्यान दिन आवश्यक छ ।

गर्मी मौसममा खाएको खाना राम्रोसँग पच्दैन र पकाएर अथवा काँच्चै राखिएका खानेकुरा पनि चाँडै कुहिने गर्छ । यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा जोखिम बढ्छ । प्रतिरक्षा प्रणाली कमजोर भएका बालबालिका, वृद्धवृद्धा, सुत्केरी र दीर्घ रोगीमा यस्तो रोग लाग्ने सम्भावना धेरै भएको उहाँ बताउनुहुन्छ । त्यसैले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाले बढी मात्रामा सावधानी अपनाउनुपर्ने हुन्छ । 

बच्ने उपाय 

यी रोगबाट बच्ने मुख्य उपाय भनेकै खानपान र सरसफाइमा ध्यान दिनु र लामखुट्टेको टोकाइबाट बच्नु हो । सुत्दा झुलको प्रयोग गर्ने, झ्यालढोका राम्ररी बन्द गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ । यस्तै सफा र स्वस्थ खानेकुरा मात्रै खाने, बासी, सडेगलेका र झिँगा भन्किएका खानेकुरा नखाने, भाँडाकुँडा सफा राख्ने, सागसब्जी तथा फलफुल पखालेर मात्रै खाने गर्नुपर्छ । हल्का, खुकुलो र छरितो लुगा लगाउने, घाममा सकेसम्म नहिँड्ने, हिँड्नै परे चस्माको प्रयोग गर्ने,  घाममा छाता ओडेर हिँड्ने र पानी धेरै पीउने गर्नुपर्छ । यस्तै एकै पटक धेरै खानेकुरा नखान पनि डाक्टर दवाडीले आग्रह गर्नुभयो ।  

अहिले सडकमा धेरै गाडी गुडेका छैनन् । एम्बुलेन्सहरु पनि कम मात्रामा चलेका छन् । यस्तो अवस्थामा अस्पताल जान पनि समस्या छ । त्यसैले सकेसम्म रोग लाग्नै नदिनु उत्तम उपाय हो । यस्ता सावधानी अपनाउँदा अपनाउँदै पनि समस्या देखिए वा गार्हो महसुस भए डाक्टरसँग सल्लाह गरेर अस्पताल जानुपर्छ । 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

Ayurveda Diet – How To Eat For Your Dosha?

What is a Ayurveda Diet? According to Ayurveda, everything in the universe is classified into five elements: space,earth, water, air, and fire.These...